सावित्रा आज स्वदेश फर्कदै

Sabitra Bhandari.jpg
काठमाडौं । उपचारका लागि कतारमा रहेकी राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी आज स्वदेश फर्कने भएकी छिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा मंगलबार साँझ नेपाल आईपुग्ने जनाएको छ । एन्फाले सावित्रा साँझ ७:३५ मा नेपाल ओर्लने जनाएको छ ।
सावित्रा घुँडामा लागेको चोटको उपचारका लागि कतार गएकी थिइन् ।
कतारको दोहास्थित अस्पेटार अस्पतालमा सावित्राको चोटको सफल शल्यक्रिया गरिएको थियो ।
राष्ट्रिय टिमकी मुख्य फरवार्ड सावित्राले महिला लिग दौरान चोट बोकेकी थिईन् ।
विभागीय टिम एपीएफबाट खेल्ने क्रममा सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो ।
चोटको कारण सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन् ।
एन्फाले कतार फुटबल संघको सहयोगमा सावित्राको उपचारको प्रबन्ध अस्पेटार अस्पतालमा मिलाएको हो ।
एन्फाकै पहलमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम र फरवार्ड बिमल घर्तिमगरले कतारमा उपचार गरेका थिए ।







-1766593825391.webp&w=3840&q=75)




-1766583817323.jpg&w=3840&q=75)
