अफ्रीका कप विजेता टोलीलाई भव्य स्वागत
मंगलबार, २५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । अफ्रीका कप अफ नेसन्स फुटबलको उपाधि जितेर स्वदेश फर्किएका सेनेगलका टोलीलाई भव्य स्वागत गरिएको छ ।
सेनेगलको टोलीलाई स्वगत गर्न हजारौ समर्थक विमानस्थल पुगेका थिए ।
आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सेनेगल ४-२ ले विजयी भएको थियो ।
सेनेगलले पहिलो पटक अफ्रीका कप अफ नेसन्सको उपाधि जितेको हो ।
अफ्रीका कप विजेता टोलीलाई भव्य स्वागत







-1766593825391.webp&w=3840&q=75)




-1766583817323.jpg&w=3840&q=75)
