पहिलो हाफमा नेपाल र मरिससको बराबरी
शनिबार, १५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र मरिससले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफममा दुबै टोलीले पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।
पहिलो हाफमा नेपाल र मरिससको बराबरी









-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

