डुसन युभेन्ट्समा अनुबन्धित
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले स्ट्राइकर डुसन भ्लाहोभिचलाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले सर्बियन स्ट्राइकरलाई फियोरेन्टिनाबाट अनुबन्ध गरेको हो ।
युभेन्ट्सले ७५ मिलियन युरोमा डुसनलाई अनुबन्ध गरेको हो ।
डुसनले युभेन्ट्ससँग चार वर्षको सम्झौता गरेका छन् ।
उनले युभेन्ट्समा ७ नम्बरको जर्सी लगाउने छन् ।
२२ वर्षीय स्ट्राइकरले २०२१/२२ को सिजन २४ खेलमा २० गोल गरिसकेका छन्।
डुसनले सर्वियाका लागि १४ खेलमा ७ गोल गरेका छन् ।

डुसन युभेन्ट्समा अनुबन्धित










-1765539955299.jpeg&w=3840&q=75)

