नेपाल सुपर लिग - अब दुई शहरमा, तीन टोली थप
बुधबार, १२ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहने भएको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले बुधबार एक विज्ञप्ति निकाल्दै आगामी संस्करणमा तीन टोली थप गरिएको जनाएको छ । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
आगामी फेब्रुअरीमा अक्सनबाट तीन टोली छनोट गरिने आयोजकले जनाएको छ ।
यस्तै दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ ।
अब प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो ।
पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।
नेपाल सुपर लिग - अब दुई शहरमातीन टोली थप








-1764813103863.webp&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)



-1764812815251.webp&w=3840&q=75)