वाटफोर्डको मुख्य प्रशिक्षकमा हडसन
बुधबार, १२ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब वाटफोर्डले रोय हडसनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
वाटफोर्डले मंगलबार इंग्ल्यान्डका पूर्व प्रशिक्षक हडसनलाई टिम हेर्ने जिम्मेवारी दिइएको जनाएको छ ।
मुख्य प्रशिक्षक क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको एक दिनपछि वाटफोर्डले हडसनलाई नियुक्त गरेको हो ।
प्रिमियर लिगमा खराब लय कायम रहेपछि वाटफोर्डले मुख्य प्रशिक्षक रेनेरीलाई बर्खास्त गरेको हो ।
क्रिस्टल प्यालेस छाडेपछि हडसनले कुनैपनि टिम हेरेका थिएनन् ।
गत सिजनको अन्त्यसँगै ७४ वर्षीय प्रशिक्षक हडसनले क्रिस्टल छाडेका थिए ।
-featured_image.jpg)
वाटफोर्डको मुख्य प्रशिक्षकमा हडसन








-1764813103863.webp&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)



-1764812815251.webp&w=3840&q=75)