चेल्सीको सहज जित
२०२२ जनवरी २३, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र थियागो सिल्भाले एक एक गोल गरे ।
तर, टोटेनहमविरुद्ध गोल गर्न चेल्सीले दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
खेलको ४७ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५५ औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
यस जितसँगै चेल्सीले २४ खेलमा ४७ अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
चेल्सीको सहज जित