१२ खेलाडीमा कोभिड, भारत बाहिरियो
आइतबार, माघ ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ।
भारतका १२ खेलाडीमा कोभिड-१९ को संक्रमण भएपछि आयोजक प्रतियोगिताबाट बाहिरिएको हो ।
भारतले आइतबार समूह चरणको खेलमा चाईनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो ।
तर, भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल रद्द गरिएको थियो ।
एएफसीको नियम अनुसार कोभिडको महामारीको समयमा कम्तिमा १३ खेलाडी टिममा उपलब्ध हुनु पर्छ । तर, कोभिड संक्रमणको कारण भारतले खेलाडी उपलब्ध गराउन नसकेको हो ।
भारत समूह ए मा रहेको थियो ।
प्रतियोगिता अन्तर्गत बाँकी खेलहरु भने पूर्व निर्धारित तालिका अनुसार नै हुनेछ।
१२ खेलाडीमा कोभिडभारत बाहिरियो






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)

-1762650613586.webp&w=3840&q=75)

