लिभरपुलको सहज जित
आइतबार, ०९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले हराएको हो ।
क्रिस्टल प्यालेसको मैदानमा भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ३२ औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा प्यालेसका ओड्सोने इडवार्डले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
लिभरपुलको सहज जित








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

