सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

प्रदेश खेलकुदको तयारीमा बागमती सरकार   

शनिबार, माघ ८, २०७८खेलपाटी संवाददाता
प्रदेश खेलकुदको तयारीमा बागमती सरकार   
Classic Tech Internet Ad

काठमाडौं । बागमती प्रदेश सरकारले यसै वर्ष प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने गरि तयारी अघि बढाएको छ ।

प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले यस वर्षको चैतभित्र प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गर्ने गरि तयारी अघि बढाएको हो । 

प्रतियोगिता आयोजना र सञ्चालनका लागि कार्यविधि पारित गरिसकेको प्रदेश खेलकुद परिषद् अहिले विभिन्न उपसमिति गठनको तयारीमा जुटेको छ । 

‘कोभिडको तेस्रो लहर कम हुने वित्तिकै प्रदेश स्तरीय खेलकुदको आयोजना तिव्र गतिले अघि बढ्छ । प्रतियोगिता सञ्चालनका लागि कार्यविधि पारित गरिसकेका छौं । अहिले उपसमिति गठनको तयारीमा छौं ।’ प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलपाटीसँग भने । 

संघीय सरकारले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद अन्यौलमा परिरहेको समय बागमती सरकार प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजनाको तयारीमा जुटेको हो । देश संघीय संरचनामा जाने बित्तिकै प्रदेश खेलकुद विकास ऐन बनाएर संरचना निर्माण गर्ने बागमती पहिलो प्रदेश हो ।  

‘स्थानीय तहबाट खेलाडी छनोट भैसकेका छन् । फागुनभित्र जिल्ला प्रतियोगिता सम्पन्न गरेर चैतभित्र प्रदेश स्तरीय प्रतियोगिता गर्न सकिन्छ भन्ने लागेको हो ।’ भण्डारीले भने ।  

प्रदेश खेलकुद परिषद् बागमतीको अघिल्लो बैठकले माघ अन्तिमसम्म प्रदेश प्रतियोगिता सम्पन्न गरेर राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्ने निर्णय गरेको थियो । तर संघीय सरकारसँगै प्रदेश सरकारको परिवर्तन र पछिल्लो समय कोभिड–१९ को तेस्रो लहरका कारण पूर्व निर्धारित प्रदेश प्रतियोगिता केही महिना पछि सर्ने देखिएको छ ।   

प्रदेश खेलकुद परिषद् बागमतीले प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लालाई समेटेर प्रदेश प्रतियोगिता सञ्चालन गर्ने बताएको छ । प्रदेश अन्तर्गतका सबै जिल्लालाई प्रतियोगिता आयोजनाको जिम्मेवारी दिने र सबैको अपनत्व हुने गरि कार्यक्रम गर्न खोजिएको प्रदेश खेलकुद परिषद्को भनाई छ ।

सदस्य सचिव भण्डारीले भने, ‘प्रदेश अन्तर्गतका विभिन्न १३ जिल्लालाई समेटेर सबै खेल सञ्चालन गर्ने तयारी छ । यसले प्रदेश खेलकुदमा सबै जिल्लाको अपनत्व पनि रहन्छ । र सबै जिल्ला आयोजना र प्रतियोगितामा सहभागी हुन पनि पाउँछन् ।’ 

प्रदेश खेलकुद परिषद्ले यसअघिनै प्राथमिकताका आधारमा खेलहरुको निर्धारण गरिसकेको छ । प्रदेश ९ खेललाई प्रदेशको प्राथमिकताको सूचिमा राखेर कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश खेलकुद परिषद्ले पूर्वाधार अभावका कारण पौडीलाई थाती राख्दै अन्य ८ खेलमा प्रदेश खेलकुद आयोजना गर्ने तयारी गरेको छ । 

सदस्य सचिव भण्डारीका अनुसार एथलेटिक्स, फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, कराँते, बक्सिङ, र ब्याडमिन्टनलाई प्रदेश स्तरीय प्रतियोगितामा समावेश गरिनेछ । 

प्रतियोगिता आयोजना र सञ्चालनका लागि आवश्यक कार्यविधि पास गरेर प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजनाको तयारीमा लाग्दा संघीय सरकारको खेलकुद भने लथालिङ्ग छ । राखेपमा सदस्य सचिव र बोर्ड सदस्यको विवाद अदालत प्रवेश गर्दा संघीय सरकारले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकेको छैन ।

पूर्वाधारदेखि प्रतियोगिता आयोजनाको सन्दर्भमा कुनै ठोस काम अघि बढ्न सकेको छैन । राष्ट्रिय प्रतियोगिताको टुङ्गो नलाग्दा त्यसको असर प्रदेश स्तरीय खेलकुद आयोजनामा समेत देखिन्छ । 

प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव भण्डारी राष्ट्रिय प्रतियोगिताको अन्यौलताका कारण प्रदेश खेलकुदले टिम तयार गर्दा चिन्ता थपिएको बताउँछन् । 

‘राष्ट्रिय प्रतियोगिताका लागि केन्द्र अघि सर्न पर्दथ्यो । त्यसो नहुँदा राष्ट्रिय प्रतियोगिता अन्यौलमा देखिन्छ । प्रदेश स्तरमा टिम तयार गर्दा राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न नपाउने चिन्ता छ ।’ भण्डारीले खेलपाटीसँग भने । 

‘राष्ट्रिय प्रतियोगिता समयमा हुने वातावरण भए प्रदेशले उत्पादन गरेका खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्न पाउथे ।’ उनले थपे, ‘केन्द्रमा कानुन नबन्ने, प्रणाली नबन्ने अवस्था रह्यो । केन्द्रले प्रदेशबीच प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्न पर्दथ्यो । तर केन्द्रको संरचना सुस्तायो । यो नै चिन्ताको विषय भएको छ ।   

सदस्य सचिव भण्डारी प्रदेश स्तरीय प्रतियोगिता गर्ने पहिलो प्रदेश खेलकुद परिषद् बन्ने गरि सक्रिय भएर प्रतियोगिताको तयारी गरिरहेको बताउँछन् । 

‘सबै प्रदेश मध्य पहिलो पटक प्रतियोगिता सञ्चालन गर्दा अरु प्रदेशले सिको गर्न पाउँछन् । एउटा नजिर स्थापना हुन्छ भनेर प्रतियोगिता गर्न अलि बढी सक्रिय भएर लागेका छौं ।’ उनले भने ।
 

Bajaj Pulsar Motorcycle Ad
प्रदेश खेलकुदको तयारीमा बागमती सरकार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक