आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

बिहिबार, माघ ६, २०७८खेलपाटी संवाददाता
अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती
Classic Tech Internet Ad

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् । वर्ल्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोको बारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ ।

तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नती हुन करिब ३ वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको वरीयता प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लेका हुन् । तेश्रोबाट दोश्रोमा उक्लन कम्तीमा ८ अंक आवश्यक पर्दछ । करिब ३ वर्षको अवधिमा अशोकले ७ प्रतियोगिता र ३ रिफ्रेसर कोर्ष (एक अनलाइनसहित) मा सहभागिता जनाइ १० अंक प्राप्त गरे । अशोकअघि तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ र रविन्द्र मल्ला मात्र अन्तर्राष्ट्रिय दोश्रो श्रेणीका रेफ्री थिए ।

अशोकले सन् २०१९ मा मात्र ५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरे भने २ रिफ्रेसर कोर्षमा सहभागी भएका थिए । त्यस अवधिमा उनले जोर्डनमा भएको अल हसन ओपन, जर्मन ओपन, नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग), अस्ट्रेलियामा भएको ओसिएना प्रेसिडेन्ट कप र अस्ट्रेलियन ओपनमा निर्णायकका रुपमा सहभागी भएका थिए । त्यस्तै ट्युनिसिया र अस्ट्रेलियामा भएको रिफ्रेसर कोर्षमा पनि सहभागी   भए । सन् २०२० मा मेक्सिको ओपन र २०२१ मा भएको पाकिस्तान ओपनमा निर्णायकको भूमिका निभाएका अशोकले २०२० मा ग्योरोगी अनलाइन रिफ्रेसर कोर्षमा सहभागिता जनाएका थिए ।

अशोकलाई गत पुस ४ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकको विधामा सम्मान गरेको थियो । अशोक पारा तेक्वान्दो र पुम्सेका पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

Bajaj Pulsar Motorcycle Ad
अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो