पुलिसलाई १३८ रनको चुनौती
मंगलबार, २७ पौष २०७८खेलपाटी संवाददाता

फाइल फोटो
काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ३८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मी निर्धारित ओभरको एक बल बाँकी छदा १ सय ३७ रनमा अलआउट भएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन जोड्दा सोमपाल कामीले ४२ रनको योगदान गरे ।
पुलिसका करण केसीले सर्वाधिक चार विकेट हात पारे ।
गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई–दुई विकेट लिदा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे ।
#PM Cup





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



