काठमाडौं । इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति लाजियोलाई २-१ गोल अन्तरले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा खेलको ३० औं मिनेटमा एलेसान्ड्रो बास्टोनीले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
खेलको ३५ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै लाजियोलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा मिलान स्क्रिनियरले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
यस जितसँगै इन्टरले २० खेलमा ४९ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा एक अंकले अघि रहेको छ ।
लाजियो ३२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।