काठमाडौं । आर्सनल एफए कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ ।
आइतबार राति भएको खेलमा नटिङघम फोरेस्टसँग १-० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।
नटिङघमलाई जित दिलाउन लेविस ग्राबनले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८३ औं मिनेटमा उनले गोल गरेका थिए ।
यससँगै नटिङघम एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ ।
१४ पटकको च्याम्पियन आर्सनल दोस्रो पटक तेस्रो चरणबाट बाहिरिएको हो ।
