एजेन्सी । सिरि ए फुटबलमा युभेन्ट्सले रोमालाई हराएको छ ।
आईतबार राति युभेन्ट्सले रोमामाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।
खेलको अन्तिम समयमा पेनाल्टीमा चुक्दा रोमा घरेलु मैदानमा पराजित हुन पर्यो ।
खेलमा अग्रता रोमाले ११ औं मिनेटमा टमी अब्राहमको गोलबाट लिएको थियो । पाब्लो ड्याबालाले १८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
हेनरिख मखितारियानले ४८ औं मिनेटमा पुन घरेलु टोली रोमालाई अघि बढाएका थिए । लोरेन्जो पेलेग्रिनीले गोल गर्दै रोमालाई ३–१ को अवस्थामा पुर्याएका थिए ।
तर तीन मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्ट्स खेलमा फर्कियो ।
अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै ७० औं मिनेटमा म्यानुअल लोकाटेलीले युभेन्ट्सको अन्तर घटाउने काम गरे । देजान कुलुसेवस्कीले ७२ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३–३ को अवस्थामा ल्याएका थिए ।
माटिया डि सिग्लियोले ७७ औं मिनेटमा युभेन्ट्सका लागि विजयी गोल गरेका थिए ।
खेल सकिन ७ मिनेट अघि रोमाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । तर लोरेन्जो पेलेग्रिनीको प्रहार असफल भएपछि रोमाले बराबरीको अवसर गुमाएको थियो ।
प्राप्त जितसँगै युभेन्ट्स ३८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । रोमा ३२ अंक सहित तालिकाको सातौं स्थानमा छ ।
अन्य खेलमा इन्टर मिलानले लाजियोलाई २–१ ले हरायो र शीर्ष स्थानमा उक्लियो । अर्को खेलमा पुछारको टिम सालेर्निटानाले भिरोनालाई २–१ ले पराजित गर्यो ।