काठमाडौं । टोटेनहम एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा मोरकाम्बे एफसीलाई ३-१ ले हराउँदै टोटेनहम चौंथो चरणमा पुगेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकालेको हो ।
खेलको ३३ औं मिनेटमा एन्थोनीले गोल गर्दै मोरकाम्बेलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७४ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८५ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ३-१ को जित दिलाए ।
अर्को खेलमा उल्भ्सले शेफिल्डलाई ३-० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।
वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-० ले हराएको छ ।