काठमाडौं । एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा भेनेजियालाई ३-० ले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको दोस्रो मिनेटमा ज्लाटन इब्राहिमोबीचले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४८ औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।

५८ औं मिनेटमा माइकल स्भोबोडाले रातो कार्ड पाएपछि भेनेजिया १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ५९ औं मिनेटमा हर्नान्डेजले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको मिलानले २१ खेलमा ४८ अंक जोडेको छ ।
भेनेजिया १७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।