काठमाडौं । लिभरपुलले एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो चरणमा लिग वान क्लब श्रूसबरी टाउनलाई ४-१ गोल अन्तरले हराउँदै लिभरपुल चौंथो चरणमा पुगेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।

एनफिल्डमा डानीएल उधोले २७ औं मिनेटममा गोल गर्दै श्रूसबरीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, कैडे गोर्डोनले ३४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४४ औं मिनेटमा फाबिन्होले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
७८ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फाबिन्होले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भयो ।
