जगजित र आशिष टिममा, सन्तोष बाहिरिए

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जगजित श्रेष्ठ र च्यासल युथ क्लबका आशिष राई राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा परेका छन् ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले आइतबार घोषणा गरेको ३५ सदस्सीय टोलीमा जगजित र आशिष अटाएका हुन् । जगजितले लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।
तर, आर्मीकै सन्तोष तामाङ भने टिमबाट बाहिरिएका छन् । चोटको कारण उनी टिमबाट बाहिरिएको एन्फाले जनाएको छ ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई डाकिएको हो ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
साफ च्याम्पियनसिपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो ।
साफमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
टिममा परेका खेलाडीहरु :
विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिस रन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई






-1775932166938.webp&w=3840&q=75)





