काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले रुस्लान थ्री स्टार र नेपाल आइस हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र शेर्पाले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । थ्री स्टार शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । थ्री स्टारलाई हराएर तेस्रो स्थानको संकटा र चौंथो स्थानमा रहेको आर्मीसँग अंक बराबरी गर्न चाहन्छ ।