काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाको मैदान फर्कने मिति लम्बिएको छ ।
युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले पोग्बा अझै एक महिना मैदान बाहिर रहने बताएका छन् ।
पोग्बा ग्रोईन इन्जुरीको कारण मैदान बाहिर रहदै आएका छन् ।
पोग्बाले गत नोभेम्बरमा चोट बोकेका थिए । फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षण दौरान पोग्बाले चोट बोकेका थिए ।
पोग्बाले यस सिजन १३ खेल खेलेका छन् ।
युनाईटेडसँग पोग्बाको सम्झौता समेत सकिन लागेको छ ।
पोग्बाको सम्झौता जुनमा सकिनेछ ।
पोग्बाले सम्झौता नवीकरण गर्ने युनाईटेडले विश्वास लिएको छ ।