विल्सन ८ हप्ता मैदान बाहिर
२०२२ जनवरी ९, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडका स्ट्राइकर कलुम विल्सन ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।
पिडुलाको चोटको कारण विल्सन ८ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
न्युकासलका प्रशिक्षक एड्डीले विल्सन ८ हप्ता मैदान बाहिर रहने पुष्टि गरेका छन् ।
विल्सन न्युकासलका सर्वाधिक गोलकर्ता हुन् ।
उनले म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा चोट बोकेका थिए । डिसेम्बर २७ मा भएको उक्त खेल १-१ गोलको बराबरी भएको थियो ।
न्युकासल प्रिमियर लिगको १९ औं स्थानमा रहेको छ ।
न्युकासल शनिबार एफए कपमा क्याम्ब्रिजसँग १-० ले पराजित भएको थियो ।
विल्सन ८ हप्ता मैदान बाहिर