संक्रमणको समस्यामा पनि टिम उतार्नै पर्ने

काठमाडौं । अफ्रिकी कप अफ नेसन्स आइतबारदेखि सुरु हुँदैछ र त्यसको ठीक अगाडि एउटा कडा नियम अगाडि आएको छ र त्यसले भनेको छ, कोरोना भाइरस संक्रमणले जस्तै समस्या गरे पनि प्रत्येक सहभागी देशले उपलब्ध ११ खेलाडीलाई जसरी पनि मैदानमा उतार्नु पर्छ । त्यसमा गोलरक्षक छैन् पनि भन्न पाइने छैन् ।
अफ्रिकी फुटबल महासंघ (काफ) ले यो नियम निकाल्दै कुनै पनि टिममा विशेषज्ञ गोलरक्षक नभएको स्थितिमा पनि खेल खेलाइने छ ।
यदी कुनै टिमले कोरोना भाइरस संक्रमणका कारण टिम मैदानमै उतार्न सकिएन भने त्यस स्थितिमा विपक्षी टिमलाई २–० को जित प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी अधिकांस टिम भने संक्रमणका कारण तनावको स्थितिमा छन् ।
अब प्रश्न हुन सक्छ, मैदानमा उत्रनु पर्ने दुवै टिमले ११–११ खेलाडी पनि जुटाउन सकेन भने ? काफले भनेको छ, 'प्रतियोगिताका क्रममा विषम परिस्थिति बनेमा थप आवश्यक निर्णय गरिनेछ ।'
त्यसको अर्थ काफ कुनै पनि अवस्था र सर्तमा प्रतियोगिता आयोजना गर्न तम्सिएको छ, अब प्रतियोगिता रोकिने छैन् ।