काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग १-१ गोलको बराबरी खेलेको हो ।
ग्रानडाको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक बाड्नु परेको हो ।
खेलको ५७ औं मिनेटमा लुक डी योङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

गाभीले ७९ औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा एन्टोनियो पुएरटासले गोल गर्दै ग्रानडालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै बार्सिलोनाले २० खेलमा ३२ अंक जोडेको छ ।
बार्सिलोना छैटौं स्थानमा रहेको छ ।
ग्रानडा २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।