काठमाडौं । चेल्सीले एफए कप फुटबलको तेस्रो चरणमा फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा चेल्सीले चेस्टरफिल्डलाई ५-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले छैटौं मिनेटमा टिमो वेर्नेरको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।
खेलको १८ औं मिनेटमा कलुम हुडसनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
रोमेलु लुकाकुले २० औं मिनेटमा गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।

खेलको ३९ औं मिनेटमा आन्द्रेअस क्रिस्टेनसनले गोल गर्दै चेल्सीको अग्रता ४-० को बनाए ।
खेलको ५५ औं मिनेटमा हाकिम जीएचले पेनाल्टीमा गोल गरेपछि चेल्सी ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८० औं मिनेटमा चेस्टरफिल्डका अकव्सी एसन्टेले एक गोल गरेपनि चेल्सी ५-१ ले विजयी हुँदै चौंथो चरणमा प्रवेश गरेको छ ।

यस्तै हल सिटीलाई ३-२ ले हराएर एभर्टन पनि चौंथो चरणमा प्रवेश गरेको छ ।
साउथह्याम्पटनले स्वान्सीलाई ३-२ ले नै हराएको छ ।