काठमाडौं । लेस्टर सिटीले एफए कपको तेस्रो चरणमा सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लेस्टरले वाट्फोर्डलाई ४-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेस्टरलाई २-० को अग्रता दिलाए ।
२७ औं मिनेटमा पेड्रोले गोल गर्दै वाट्फोर्डलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई ४-१ को जित दिलाए ।
एफए कप अन्तर्गत नै क्रिस्टल प्यालेसले मिलवाललाई २-१ ले हराएको छ ।
न्युकासल युनाईटेड भने क्याम्ब्रिज युनाईटेडसँग १-० ले पराजित भएको छ ।