काठमाडौं । अमेरिकाको मेजर लिग सकर क्लब टोरन्टो एफसीले इटालियन स्ट्राइकर लोरेन्जो इन्सिग्नेलाई अनुबन्ध गरेको छ ।
टोरन्टोले फ्री ट्रान्सफरमा नापोलीका कप्तान लोरेन्जोलाई अनुबन्ध गरेको हो ।
लोरेन्जो जुलाई १ बाट टोरन्टोमा आबद्द हुनेछन् ।
लोरेन्जोले टोरन्टोसँग चार वर्षको सम्झौता गरेका छन् ।

३० वर्षीय स्ट्राइकर १५ वर्षको उमेरमा नापोलीमा आबद्द भएका थिए ।
नापोलीका लागि उनले ४ सय १६ खेलमा १ सय १४ गोल गरेका छन् ।
इटालीले युरो २०२० को उपाधि जित्दा लोरेन्जो टिमका महत्वपूर्ण खेलाडी थिए ।