काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा आर्मीले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन दिनेश हेन्जनले निर्णायक गोल गरे ।
दिनेशले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन्। जगजित श्रेष्ठको क्रसमा दिनेशले हेड मार्फत गोल गरेका हुन् ।
आर्मीले लगातार तीन बराबरी खेलेपछि महत्वपूर्ण जित निकालेको हो ।
यस जितसँगै आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी लिगको चौंथो स्थानमा रहेको छ ।
एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । एनआरटी सातौं स्थानमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच आर्मीका दिनेश चुनिए ।
यस्तै इमर्जिङ प्लेयर एनआरटीका गोलकिपर अजित प्रजापति चुनिए ।