काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका हुन् ।
जगजित श्रेष्ठको क्रसमा दिनेशले हेड मार्फत गोल गरेका हुन् ।
एनआरटी ७ खेलमा १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
आर्मी ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।