काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार मछिन्द्र फुटबल क्लबले संघर्षपूर्ण जित निकालेको छ ।
दशरथ रंगशालामा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
तर, मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेका थिए ।
खेलपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले सुरुआतमा पाएको मौकामा गोल निकाल्न नसक्दा गार्हो भएको बताए ।
'मैले पहिले पनि भनेको थिए । यो खेल गार्हो हुन्छ भनेर । सुरुवातमा केहि मौकाहरुको गोल ननिस्कदा हामीलाई गार्हो भयो,' उनले भने, 'सेटपिसमा धेरै चुक्यौं । त्यसले अलिकति गार्हो बनायो ।'
यस्तै प्रशिक्षक कटवालले फ्रेन्ड्सले राम्रो खेलेको र आफ्नो टिममा अझै तालमेल नमिलेको समेत बताए ।
'फ्रेन्ड्सले राम्रो खेलको हो । मिस पासले हामीलाई गार्हो भएको हो । टिममा अलिकति तालमेल मिलेको छैन,' उनले भने ।
फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले सानो गल्तिले खेलमा हार व्यहोर्नु परेको बताए ।