पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङले २-० गोलको अग्रता बनाएको छ ।
खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४३ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाएका हुन् ।
मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। च्यासललाई हराएर मनाङ उपाधि होड कायमै राख्न चाहन्छ।
च्यासल ७ खेलमा ५ अंक जोडेर लिगको १३ औं स्थानमा रहेको छ । च्यासल मनाङलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लने योजनामा हुनेछ ।