काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र फ्रेन्ड्सले गोल रहित बराबरी खेलेका छन्।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
मछिन्द्र ७ खेल १७ अंक जोडेर शीर्ष स्थान रहेको छ । मछिन्द्र फ्रेन्ड्सलाई हराएर शीर्ष स्थान कायमै राख्न चाहन्छ ।
फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स पनि मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ ।