काठमाडौं । इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडका फरवार्ड मिकाएल एन्टोनियोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
एन्टोनियोले २०२४ को अन्तिमसम्म क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
३१ वर्षीय फरवार्ड एन्टोनियो २०१५ मा वेस्ट ह्याम आएका थिए ।
वेस्ट ह्यामका लागि उनले ५५ गोल गरेका छन् ।
जमैकाका एन्टोनियोले यस सिजन ९ गोल गरिसकेका छन् ।