काठमाडौं । म्यानचेस्टर सिटीले एफए कपको तेस्रो चरणममा फराकिलो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा सिटीले स्विनडोन टाउनलाई ४-१ गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भाले १४ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
गाब्रियल जिससले २८ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।
खेलको ५९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
८४ औं मिनेटमा स्विनडोनका ह्यारी म्याककिर्डेले गोल गर्दै टोलीलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा कोल पाल्मरले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।