काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा बायर्न सुरुआती अग्रता जोगाउन नसक्दा पराजित भएको हो ।
खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
तर, २७ औं मिनेटमा फ्लोरियन न्यूहाउसले गोल गर्दै मन्छेनग्लाडबाखलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ३१ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै मन्छेनग्लाडबाखलाई २-१ को जित दिलाए ।
घरेलु मैदानमा पराजित भएपछि बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
बायर्नले १८ खेलमा ४३ अंक जोडेको छ ।
मन्छेनग्लाडबाख २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।