काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।
लिगको आठौं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मछिन्द्र ७ खेल १७ अंक जोडेर शीर्ष स्थान रहेको छ । मछिन्द्र फ्रेन्ड्सलाई हराएर शीर्ष स्थान कायमै राख्न चाहन्छ ।
फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स पनि मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ ।
यस्तै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ । मनाङ र च्यासलबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। च्यासललाई हराएर मनाङ उपाधि होड कायमै राख्न चाहन्छ।
च्यासल ७ खेलमा ५ अंक जोडेर लिगको १३ औं स्थानमा रहेको छ । च्यासल मनाङलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लने योजनामा हुनेछ ।
दशरथ रंगशालामा हुने दोस्रो न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी र आर्मीबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
एनआरटी ७ खेलमा १० अंक जोडेर सातौं स्थानमा रहेको छ । आर्मी ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।