काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् ।
शुक्रबार भएको खेलमा एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै एपीएफले ८ खेलमा ७ अंक जोडेको छ ।
एपीएफ दशौँ स्थानमा यथावत रहेको छ ।
जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ ।
जावलाखेल पनि नवौं स्थानमा यथावत रहेको छ ।
खेलमा एपीएफका एडमा डम्बिया म्यान अफ दि म्याच चुनिए ।
खेलको इमर्जिङ प्लेयर जावलाखेलका सिमान्त थापा चुनिए ।