काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को शुक्रबार बसेको कंग्रेसले महिला साफ नेपालमा आयोजनाको प्रस्ताव गरिएको हो ।
बैठकले अगस्ट १२ देखि २४ सम्म महिला साफ नेपालमा आयोजनाको प्रस्ताव गरिएको हो ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।
विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
साफका अध्यक्ष काजी मोहम्मद सलाउद्दीनको अध्यक्षतामा बसेको बैठकले २०२२ मा आयोजना हुने प्रतियोगिताको मिति परिमार्जन समेत गरेको छ ।
परिमार्जन गरिएको तालिका अनुसार साफ यू-१८ महिला च्याम्पियनसिप मार्च १५ देखि २६ सम्म भारतमा हुनेछ ।
भारतले नै जुलाई २५ देखि अगस्ट ५ सम्म साफ यू-२० च्याम्पियनसिप आयोजना गर्नेछ ।
यस्तै साफ यू-१७ च्याम्पियनसिप श्रीलंकामा सेप्टेम्बर ५ देखि १६ सम हुनेछ ।
साफ यू-१५ महिला च्याम्पियनसिपको मिति भने तय हुन बाँकी रहेको छ ।