काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जावलाखेललाई हराएर एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ ।
जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ । जावलाखेल पनि एपीएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुनेछ ।