काठमाडौं । ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो इंग्लिस प्रिमियर लिग क्लबमा फर्किएका छन् ।
कोउटिन्हो इंग्लिस क्लब एस्टन भिल्लामा लोनमा अनुबन्धित भएका छन् ।
स्पेनिस क्लब बार्सिलोनाले कोउटिन्होलाई यस सिजनको अन्तिम सम्मका लागि भिल्लामा लोनमा पठाएको हो ।
स्टेफन जेरार्ड व्यवस्थापक रहेको भिल्लाले शुक्रबार कोउटिन्होलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
कोउटिन्हो २०१८ मा लिभरपुलबाट स्पेनिस क्लब गएका थिए ।
