संकटा र सातदोबाटोको बराबरी
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
शुक्रबार भएको खेलमा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले बनाएको थियो ।
खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गरेको बल सुशीललाई लाग्दै गोल भएको थियो ।
तर, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
दिपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै संकटाले ८ खेलमा १४ अंक जोडेको छ ।
संकटा लिगको तेस्रो स्थानमा रहेको छ ।
सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
खेलको प्लेयर अफ दि म्याच संकटाका जया गुरुङ चुनिए ।
सातदोबाटोका आकाश बुढा मगर इमर्जिङ प्लेयर चुनिए ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

