काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले डिफेन्डर किइरन ट्रिपियरलाई अनुबन्ध गरेको छ ।
न्युकासलले ट्रिपियरलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेको हो ।
न्युकासलले डिफेन्डर ट्रिपियरलाई अनुबन्धका लागि १२ मिलियन पाउण्ड खर्च गरेको छ ।
साउदी अरेबियाको लगानीपछि न्युकासलले पहिलो खेलाडीको रुपमा ट्रिपियरलाई अनुबन्ध गरेको हो ।
३१ वर्षीय डिफेन्डर २०२३-२४ को अन्तिमसम्म न्युकासलमा रहने छन् ।
ट्रिपियर सन् २०१९ मा टोटेनहमबाट एट्लेटिको आएका थिए ।
उनले एट्लेटिकोका लागि ८३ खेल खेलेका छन् । उनले गत सिजन ला लिगाको उपाधि जितेका थिए ।
ट्रिपियर युरोको फाइनल पुगेको इंग्ल्यान्डको टिममा रहेका थिए ।