पहिलो हाफमा संकटा र सातदोबाटोको बराबरी
२०२२ जनवरी ७, शुक्रबारखेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले ७ खेलमा १३ अंक जोडेको छ।
आज सातदोबाटोलाई हराएर संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्न चाहन्छ ।
सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । संकटालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।
पहिलो हाफमा संकटा र सातदोबाटोको बराबरी