एपीएफमाथि जावलाखेलले जित्ने आधार
काठमाडौं । सुरुमा यी दुवै टिम रेलिगेसनको चर्को दबाबमा रहे । अहिले दुवै केही हदसम्म यो दबाबबाट मुक्त भएका छन् । तर दुवैलाई केही आराम लिने अवसर पनि छैन् ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा तिनै एपीएफ र जावलाखेल भिड्ने छन् ।
दशरथ रंगशालामा हुने खेलमा एपीएफमाथि जावलाखेलले जित निकाल्न सक्ने आधार भने छन् ।
यी दुई टिमबीच लिगका पाँच संस्करणलाई आधार मान्ने हो भने जावलाखेल बलियो देखिन्छ ।
यी पाँच संस्करणका पाँच खेलमा जावलाखेल चारमा विजयी रहेको छ भने एकको नतिजा मात्र एपीएफको पक्षमा गएको छ ।
वर्ष ०७६ र ०७५ मा जावलाखेलले लगातार १–० को नतिजा निकालेको छ ।
त्यसमध्ये वर्ष ०७६ मा फोडे फोफाना र वर्ष ०७५ मा ओला लेकन अफिजले गोल गरे । वर्ष ०७० को लिगमा भने एपीएफले जावलाखेललाई ३–१ ले हराएको थियो ।
तर त्यस अगाडिका दुई संस्करणमध्ये जावलाखेल वर्ष ०६९ र ०६८ मा समान ३–० विजयी रहेको छ ।
अहिले तत्काल एपीएफ सात खेलबाट छ अंक जोडेर दसौं स्थानमा छ । जावलाखेल भने सात खेलबाट सात अंकसहित नवौं स्थानमा छ ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

