हारबाट जोगियो युभेन्ट्स
शुक्रबार, पुष २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा युभेन्ट्सले नापोलीसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा फेडेरिको चिसाले गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको हो ।
उनले खेलको ५४ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि २३ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
यस बराबरीसँगै युभेन्ट्सले २० खेलमा ३५ अंक जोडेको छ ।
युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ ।
नापोली ४० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
हारबाट जोगियो युभेन्ट्स






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

