‘ए’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट आठौं चरणका खेलहरु सुरु हुँदैछ।
लिगको आठौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले ७ खेलमा १३ अंक जोडेको छ।
आज सातदोबाटोलाई हराएर संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्न चाहन्छ ।
सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । संकटालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।
यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जावलाखेललाई हराएर एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ ।
जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ । जावलाखेल पनि एपीएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुनेछ ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

