काठमाडौं । गाबोनका कप्तान पिएरे एमरिक अबमेयाङलाई कोभिड-१९ को संक्रमण भएको छ ।
अफ्रीका कप अफ नेसन्सका लागि क्यामरुन पुगेका अबमेयाङलाई कोभिड-१९ पुष्टि भएको हो ।
अफ्रीका कप अफ नेसन्समा आफ्नो राष्ट्रको पहिलो खेलको चार दिन अघि उनलाई कोभिड-१९ पुस्टि भएको हो ।
अबमेयाङसँगै मिडफिल्डर मारियो लेमिनालाई समेत कोभिड-१९ को संक्रमण देखिएको छ ।
यस्तै प्रशिक्षक एनिसेट यालालाई समेत कोभिड संक्रमण भएको छ ।
अफ्रीका कप अफ नेसन्सको समूह सी को गाबोनले कोमोरोससँग सोमबार खेल्नेछ ।
दोस्रो खेलमा घानासँग शुक्रबार खेल्नेछ ।