काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई प्रदान गर्ने पुरस्कारको कार्यविधि बनाउन समिति गठन गरेको छ ।
एन्फाको बिहीबारबाट सुरु १५ औं कार्यसमिति बैठकले पुरस्कारको कार्यविधि तयार गर्न पाँच सदस्सीय समिति गठन गरेको हो ।
समितिमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र चार उपाध्यक्षहरु पंकजविक्रम नेम्बाङ, विर बहादुर खड्का, उपेन्द्र मान सिंह र कृष्ण बहादुर थापा रहेका छन् ।
खेलाडीलाई विभिन्न समय प्रदान गरिने पुरस्कार रकममा एकरुपता ल्याउन समिति गठन गरिएको बैठकमा सहभागी एक सदस्यले जानकारी गराए ।
स्तै बैठकमा साफ उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने विषयमा छलफल भएको थियो । तर, पुरस्कार दिने विषयमा कुनै निर्णय नभएको बताईएको छ।
बिहीबार अपरान्हबाट सुरु भएको बैठक शुक्रबार बिहान ९ बजेसम्मको लागि स्थगित गरिएको छ ।
बैठकमा विभिन्न २१ एजेण्डामा छलफल भईरहेको छ ।
उपाध्यक्ष नेम्बाङसहित कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेपछि एन्फाले बैठक डाकेको हो ।