काठमाडौं । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलालाई कोभिड-१९ को संक्रमण भएको छ ।
प्रिमियर लिग क्लब सिटीले बिहीबार ग्वार्डीओलालाई कोभिड-१९ को संक्रमण देखिएको पुष्टि गरेको छ ।
यस्तै उनका सहायक प्रशिक्षक जुवानमा लिलोलाई समेत कोभिड-१९ को संक्रमण भएको छ ।
सिटीले दुबै जना आईसोलेसनमा बसेको सिटीले जनाएको छ ।
कोभिड संक्रमण भएपछि ग्वार्डीओलाले एफए कप अन्तर्गत स्विडीन टाउनविरुद्धको खेल गुमाउने भएका छन् ।
सिटीले शुक्रबार एफए कपको तेस्रो चरण अन्तर्गत स्विडीन टाउनविरुद्ध खेल्नेछ ।
