पोखरा । पाँचौँ स्व. रन्जित गुरुङ्ग स्मृति तथा एघारौं बगर भाइ खलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता पुसको २६ गतेबाट सुरु हुने भएको छ।
आयोजक बगर भाइ खलकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २६ देखि माघ १ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
पोखराको पुंरानो टुंडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालन प्रतियोगितामा ४० वर्ष देखि ६५ वर्षको उमेर समूहका खेलाडीहरूले खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैंयाँ पाउने छन् ।
यस्तै उपविजेताले ७५ हजार ५ सय ५५ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पाउने छन् । उत्कृष्ट गोलकिपर , डिफेण्डर, मिडफिल्डर र फरवार्डले जनही ५ हजार नगद पाउने छन् ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा काठमाडौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानिय टिम गरी करिब २६ टिमको सहभागिता रहेको छ ।
अघिल्लो संस्करणको उपाधि मिया सान मिया एफ सि वार्यन फेन क्लब नेपाल, काठमाडौंले जितेको थियो ।
सातौं संस्करणबाट पोखरा रत्न एवं खेलकुद कर्मि स्व. रन्जित गुरुङ्गको स्मृतिमा यस प्रतियोगिता संचालन हुँदै आएको छ । स्व. रन्जित लामो समयसम्म पृथ्वी नारायण कयाम्पसको खेल शिक्षक रहि पोखराको खेलकुदको विकास लागी सक्रिय व्यक्तित्व हुन् । स्व. रन्जितको पहलमा पोखरामा टेनिस, हकि, वास्केटवल, क्रिकेट, फुटवल, भलिवल र अन्य खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै तत्कालिन पोखरा उपमहानगरपालिकाले पोखरा रत्नवाट सम्मान समेत गरेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष दिल वहादुर गुरुङको संयोजकत्वमा उपाध्यक्ष श्री तेज गुरुङ, सह संयोजक रहने गरी १०१ सदस्यीय मूल समिती गठन गरीएको छ भने विभिन्न १३ वटा उपसमिती समेत गठन गरिएको छ ।